बुधबार, वैशाख १२, २०८१

देशका सन्तति नै मेरा सन्तान हुन : प्रधानमन्त्री

नेपालखोज २०७७ माघ ८ गते १५:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सन्ततिहरू नै आफ्नो सन्तति रहेको बताएका छन् ।

आफूनिकट प्रेस संगठनले आयोजना गरेको भेलामा नेकपाका अध्यक्षसमेत रहेका ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेकोप्रति आक्रोश व्यक्त गर्दै देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताएका छन् ।

“मैले त देशका सन्तानहरूलाई आफ्नो सन्तान ठानेको छु । त्यसमा हर्ष न विस्मात ? तर, उहाँ (प्रचण्ड) ले त मेरा सन्तान छन् । छोरीहरू छन् । ज्वाइँ छन् । उनीहरूका लागि केही त गर्नै पर्‍यो भन्दै हुनुहुन्छ,” उनले भने ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा पुनः सांसद किनबेच हुने अवस्था सिर्जना गर्न लागिएको पनि बताएका छन् ।

मुलुकमा खास राजनीतिक लडाइँ अहिले सुरु भएको बताउँदै उनले समृद्धिको आकाङ्क्षा पूरा गर्न शक्तिशाली पार्टी निर्माण गर्न लागिएको तर त्यो प्रयास सफल हुन नसकेको पनि बताए ।

प्रतिक्रिया