शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध कालो बेलुन उडाएर विरोध प्रदर्शन

नेपालखोज २०७७ माघ ८ गते १५:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कालो बेलुन उडाएर प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको हो ।

उनीहरुले ‘निरंकुशता चाहिँदैन, संसद विघटन गर्न पाईँदैन’, ‘बयलगाढा चढेर गणतन्त्र आएको होइन’ सहितका नारा लेखिएको तुल बेलुनमा झुण्ड्याएर उडाइएका हुन् । प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शनकारीले कालो बेलुन उडाएका हुन् ।

प्रतिक्रिया