कोरोना खोप बनाउने भारतको सिरम इन्स्टिच्युटमा आगलागी
नेपालखोज
२०७७ माघ ८ गते १६:१४
एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनामा रहेको प्लान्टमा आगलागी भएको छ । बिहिबार दिउँसो उक्त प्लान्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्स्टिच्युटमा लागेको आगो निभाउन अहिले १० वटा दमकल त्यहाँ पुगेको बीबीसीले जनाएको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया