मंगलबार, वैशाख ४, २०८१

भारतको सिरम इन्स्टिच्युटमा भएको आगलागी ५ जनाको मृत्यु

नेपालखोज २०७७ माघ ८ गते २१:१६

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ ।

पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् ।‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको हो । यही तलामा निर्माणको काम भइरहेको थियो । हामी आगलागीको कारणबारे बुझिरहेका छौँ ।

अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । ज्यान गुमाउने मजदुर हुन सक्छन् । अन्यलाई भने सुरक्षित निकालिएको छ’, मेयर मोहोलले भने । बिहीवार दिउँसो आगलागी भएपछि १० वटा दमकल त्यहाँ पुगेका थिए ।

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनको चौथो र पाँचौँ तलमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।

प्रतिक्रिया