शुक्रबार, वैशाख १४, २०८१

‘प्रतिनिधि सभाको होइन प्रधानमन्त्रीको निर्वाचन जरूरी’

नेपालखोज २०७७ माघ ९ गते १३:४६

काठमाडौं । अधिवक्ता शालिकराम सापकोटाले प्रतिनिधिसभा ५ वर्ष नै ताजा हुने भन्दै प्रधानमन्त्रीले चाहेको बेलामा ताजा जनादेशमा जान नमिल्ने बताएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धमा बहस गर्दै उनले अहिलेको संसद विघटन असंवैधानिक भएको पनि बताए । ‘प्रतिनिधिसभालाई अविश्वास गर्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छैन । ५ वर्षका लागि प्रतिनिधि सभा ताजा हो,’ उनले भने, ‘अहिले चुनाव जरूरी छ रु प्रधानमन्त्रीको चुनाव जरूरी छ ।’

उनले संविधानको धारा ७६ (१), (७) र ८५ लाई आधारभूत आधार बनाएर गरिएको विघटन दूराशयपूर्ण भएको पनि बताए । अधिवक्ता नरहरी आचार्यले विघटनको सिफारिसमा संविधानको धारा उल्लेख नहुनु नै संविधानमा विघटनको व्यवस्था छैन भन्ने प्रमाण भएको बताए ।

अधिवक्ता सुलोचना धितालले संविधानसभाले संविधान बनाउँदा स्थिरतामा जोड दिएको बताइन् । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउननसक्ने व्यवस्था संविधानमै राखेर स्थीरता खोजिएको भन्दै विघटन असंवैधानिक भएको बताइन् । संविधानको मर्मभित्र रहेर अदालतले न्याय निरूपण गर्नुपर्ने उनले बताइन् ।

प्रतिक्रिया