शुक्रबार, वैशाख ७, २०८१

‘समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोण परिवर्तन गर्नुपर्छ’

नेपालखोज २०७७ माघ ९ गते १४:२१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरुको सम्बोधनका लागि तत्पर हुदैन, तबसम्म मुलुकमा सही रुपमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् ।

निजी क्षेत्र सरकारको बिना लगानीको साझेदारका रुपमा लिन आग्रह गर्दै उनले देशको आर्थिक विकासका लागि यो अवधारणा आवश्यक रहेको बताएका छन्। मलेसियाले छोटै समयमा विकास गरेका नमुनाहरूका उदाहरणहरू प्रस्तुत गर्दै ढकालले भने, ‘सो देशले निजी क्षेत्रलाई विना लगानीको पार्टनरका रुपमा लियो, जसका कारण राज्यलाई २५,३० प्रतिशत कर्पोरेटलगायतको कर प्राप्त भयो । यसरी निजी क्षेत्रको लगानी विस्तार हुँदा देशले पनि छोटै सयममा यो रुपमा आर्थिक विकास गर्न सम्भव भयो ।’

वरिष्ठ उपाध्यक्ष ढकालले हाल देशमा पूँजीका कारण कुनै व्यवसाय गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘यसको एक उदाहरण अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ, यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ, मात्र त्यसलाई समन्वय गर्ने, एकीकृत गर्ने र लगानीको वातावरण बनाउन सक्नुपर्छ।’

नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको उनले बताए । यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका देशैभरिका जिल्ला नगरका समस्याहरु ९बोर्डर क्षेत्रका बाहेक० एकै खालका रहेका र आफूले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राका क्रममा यस्तै गुनासा र समस्याहरु सुनेको भन्दै ती समस्याको समाधानका लागि देशका स्थानीय देखि प्रदेश सरकारको ध्यान दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया