बिहीबार, वैशाख १३, २०८१

ओली कम्युनिष्ट आन्दोलनका भगौडा हुन् : खनाल

नेपालखोज २०७७ माघ ९ गते १५:०९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधामन्त्री केपी शर्मा ओलीलाई भगौडा भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् ।

उनले भने ‘केपी ओली भगौडा हुन् । उनेले कम्युनिष्ट आन्दोललाई बीचमै छोडेर भाग्ने भगौडा हुन् ।’

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका थिए ।

जुलुसमा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदायको बाक्लो उपस्थिति रहेको छ । माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया