शुक्रबार, चैत १६, २०८०

देउवाको प्रस्ताव कांग्रेस नेताहरुद्वारा अस्वीकार

नेपालखोज २०७७ माघ ९ गते १६:०७

काठमाडौं । प्रदेश-१ र बागमती प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् । देउवाले शुक्रबार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा देउवाले कांग्रेसका नेता समक्ष प्रदेश सरकारमा सहभागी हुनेबारे ओलीले ल्‍याएको प्रस्ताव राखेका थिए । तर जवाफमा कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमा असहमति जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा दुई धारमा विभाजित भएको छ जसले प्रदेश १ र बागमती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ।

प्रतिक्रिया