शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु

नेपालखोज २०७७ माघ ९ गते १६:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरिएका तीन हजार ५४५ मध्ये ३०२ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६८ हजार ९४८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८० जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ । हाल क्वारेन्टिनमा १५८ जना छन् भने तीन हजार ६१४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया