शनिबार, वैशाख ८, २०८१

उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार

नेपालखोज २०७७ माघ ९ गते २१:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार भएको छ। अम्बिका पौडेल सभापति रहेको फोरममा शुक्रबार थप पदाधिकारी थपिएका छन्, जसअनुसार फोरमको उपसभापतिमा राम शरण थपलिया चयन भएका छन् ।

फोरमको सदस्यहरुमा मेखबहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णु प्रसाद बस्याल चयन भएका छन् ।

फोरमको आमन्त्रित सदस्यहरुमा अनन्तकुमार पौडेल र उषा खतिवडा चयन भएका छन् भने कुमारकेशर विष्ट र धुर्ब तिमिल्सिना सल्लाहकार चयन भएका छन् ।

प्रतिक्रिया