आइतबार, वैशाख ७, २०८२

माघ १४ बाट कोरोनाविरुद्धको खोप लगाइने : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ १० गते १३:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताए ।

उनले यसका लागि समूह पनि तयार पारिसकेको बताएका छन् ।

सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन सबैमा आग्रह गरे ।

उनले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।

प्रतिक्रिया