शुक्रबार, वैशाख १२, २०८२

मलेसियाबाट १७ वटा शव ल्याउँदा विमानस्थलमा जे देखियो (फोटोफिचर)

नेपालखोज २०७७ माघ १० गते १३:४८

काठमाडौं । शनिबार दिउँसो अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको वातावरण एकाएक शोकमय भयो । कारण थियो, वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १७ नेपालीको शव ।

नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजले शनिबार मलेसियाबाट१७ नेपालीको शव काठमाडौं ल्याइएको थियो । र विमानस्थलमा मृतकका आफन्तहरु उपस्थित थिए ।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

शुक्रबार राति वाइडबडी जहाज शव लिन मलेसियाको क्वालालम्पुर गएको थियो । शनिबार दिउँसो वाइडबडी विमानमार्फत १७ नेपालीको शव नेपाल ल्याइएको हो ।

शव ल्याउदा विमानस्थलको दृश्य भावुक बनेको थियो । शव बुझ्न मृतकका आफन्त विमानस्थल पुगेका थिए । आफन्तको मृत शरिर लिन पुगेका उनीहरुले परिवार गुमाउँदाको पीडा व्यक्त गरेका थिए ।

प्रतिक्रिया