नेपाल बन्दले नेपाल बन्दैन भन्दै, बन्दको बिरोध
नेपालखोज
२०७७ माघ १० गते १४:०५
काठमाडौं। माईतिघर मण्डलास्थित बिस्तारित सडकमा विवेकशील साझाले बन्दको विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य बृत्तान्त खनालसहितका युवाहरु सामेल थिए ।
उनीहरुले हातमा प्लेकार्ड लिएर विप्लव समूहको नेपाल बन्दको विरोध गरेका हुन् ।
यसरी बन्द गर्ने प्रवृत्तिले देश बन्दैन भन्दै विवेकशीलले प्रदर्शनस्वरुप धर्ना दिएका हुन् ।
यो क्रम बिहान ९ बजेबाट जारी छ ।
सम्बन्धित
प्रतिक्रिया