शनिबार, वैशाख ८, २०८१

सोमबार नागरिक समाजले बालुवाटारमा प्रदर्शन गर्ने

नेपालखोज २०७७ माघ १० गते १४:०६

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिक समाजले प्रदर्शन गर्ने भएको छ ।

संसद् विघटनको विरोधमा समाजले आगामी सोमबार अर्थात् माघ १२ गते प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको हो ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुरु भएको वृहत् नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए ।

सोमरबार दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ । मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् ।

प्रतिक्रिया