शुक्रबार, वैशाख १४, २०८१

थप एजेण्डासहित नेकपा स्थायी कमिटीको औपचारिक बैठक भोली बस्दै

नेपालखोज २०७७ माघ १० गते १८:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिए ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनको भनाइ छ ।

उनले आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया