मंगलबार, वैशाख ११, २०८१

सिरहामा बसको ठक्करबाट दुई जनाको मृत्यु

नेपालखोज २०७७ माघ १० गते २०:३१

लाहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया