बिहीबार, चैत १५, २०८०

नेपालमा कोभिड–१९ विरुद्धको खोप बुधबारदेखि लगाइने

नेपालखोज २०७७ माघ ११ गते ८:४९

काठमाडाैं । बुधबारबाट नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटै प्रदेशमा आवश्यक मात्रामा खोप पठाइसकिएको छ ।

शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुगेको छ । आइतबार विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप पुगिसक्ने छ । प्रदेश नम्बर–२ मा कोल्चेन सुचारु नभएकाले त्यहाँका आठ जिल्लामा हेटौँडा र अन्यमा विराटनगरबाट खोप ढुवानी गर्ने मन्त्रालयको योजना रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार खोप केन्द्रको रुपमा सम्बन्धित अस्पताललाई नै तोकिएको छ । ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने जनाइएको छ ।

खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

प्रतिक्रिया