शुक्रबार, चैत १६, २०८०

राष्ट्रपति पुटिनविरुद्ध रुसमा प्रदर्शन

नेपालखोज २०७७ माघ ११ गते ९:४३

एजेन्सी । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध प्रदर्शन भएको छ भने रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको छ ।

विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस आए लगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् । प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजारभन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् ।

गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए । रुसका एक सयभन्दा बढि शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएका थिए । तर, रुसको आन्तरिक मामिला मन्त्रालयले भने सो संख्या चार हजार मात्रै रहेको दाबी गरेको छ ।

प्रतिक्रिया