बुधबार, वैशाख १२, २०८१

नेकपा स्थायी कमिटी बैठक सुरु, आन्दोलनलगायत विषयमा छलफल हुँदै

नेपालखोज २०७७ माघ ११ गते १४:२९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडामा सुरु भएको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, राजनीतिक विषयलगायतमा छलफल हुनेछ ।

नेकपाले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाहीका लागि सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

नेकपाले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ ।

प्रतिक्रिया