शुक्रबार, वैशाख ७, २०८१

बालिका बलात्कार गरेर चार वर्ष भागे पनि प्रहरीले छाडेन

नेपालखोज २०७७ माघ ११ गते १५:०२

सल्यान । बालिका बलात्कार कसुरमा दोषी ठहर भएका कपुरकोट गाउँपालिका गाडापानीका ८४ वर्षीय जीतलाल बोहरालाई प्रहरीले पक्रउ गरेको छ । उनलाई चार वर्षपछि पक्राउ गरिएको हो । १३ वर्षीया बालिकालाई बलात्कार गरेर बोहोरा फरार रहेका थिए । आरोपित जीतलाल आरोप लागेपछि भाग्दै आएका थिए ।

लुकिछिपी हिँड्ने बोहोरालाई कपुरकोट गाउँपालिका– ७ बाट सुराकीको आधारमा पक्राउ गरेको हो । २०७३ माघ ७ गते अबोध बालिकामाथि बलात्कार गरेको कसुरमा बोहोरालाई सल्यान जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो । पाप जति छिपाए पनि छिप्दैन भने जस्तो, जीतलाल जेलको चीसो भोगिरहेका छन् ।

उनलाई अदालतले जिल्ला अदालतले २०७३ फागुन १५ गते १ लाख ८ हजार धरौटीमा छोडेको पनि थियो तर अन्तिम फैसला गर्दा भने उनलाई जेल सजाय तोकेको थियो । त्यसपछि बोहोरा लुकीछिपी भाग्दै आएका थिए ।

प्रतिक्रिया