बन्दुकधारीको आक्रमणमा परी नाइजेरियामा छ जनाको मृत्यु
नेपालखोज
२०७७ माघ ११ गते १६:३०
काठमाडौं । सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको सो आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएको समाचारहरुमा जनाइएको छ ।
बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।
नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले आक्रमण गरेका हुन् ।
घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताएका छन्। नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा धेरै समय अघिदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।
नाइजेरियाको सरकारको लागि यो सुरक्षा चुनौति रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया