सभापति देउवाद्वारा बैद्यको निधनप्रति दुःख व्यक्त
नेपालखोज
२०७७ माघ ११ गते २०:२०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द बैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज एक शोक सन्देशमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।
विसं १९९२ जेठ १३ गते जन्मनुभएका बैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि उक्त अप्रजातान्त्रिक कदमको विरोधमा उत्रदा पाँच वर्ष एक महिना जेल जीवन व्यतित गर्नुभएको थियो ।
स्व बैद्यले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए ।
सम्बन्धित
प्रतिक्रिया