शुक्रबार, वैशाख ७, २०८१

ट्याक्टरले टेम्पोलाई ठक्कर दिँदा ९ जना घाइते, तीनको अवस्था गम्भीर

नेपालखोज २०७७ माघ १२ गते १२:०७

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनवास्थित गौर–चपुर सडक खण्डमा ट्याक्टर र टेम्पो ठोक्किँदा ९ जना घाइते भएका छन् ।

आइतबार राति करिब ९ बजे झुनखुनवाबाट गौरतर्फ आँदै गरेको ना१ह३३६ नम्बरको टेम्पोलाई ना३त४४०२७ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

घाइते हुनेमा टेम्पो चालक रौतहट राजपुर नगरपालिका–१ बस्ने राम मनोज दास, रुपन्देही मायादेवी गाउँपालिकाका राजु यादव, उमेश बरै, भैरहवा नगरपालिका–२ का सडानन्द कंहार, गंगाराम लोनिया, पुरेणी गाउँपालिका–७ का मुकेशराज भट्ट, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का शिवनारायण चौहान र बिरेन्द्र बानिया रहेको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । साथै पाँच जनालाई थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज पठाइएको र अन्यको गौर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया