बिहीबार, वैशाख १३, २०८१

प्रचण्ड–नेपाल पक्षले पुनः काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

तेस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक

नेपालखोज २०७७ माघ १२ गते १२:१६

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – नेपाल पक्षले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रचण्ड –नेपाल पक्षका केन्द्रीय संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज नभएसम्म आन्दोलन जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

संघर्ष समितिको निर्णयअनुसार यही माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम, १६ गते जुलुस जस्ता कार्यक्रम तय भएका छन् । त्यस्तै माघ १५ गते बुटवलमा , १६ गते विराटनगर र १७ गते घनगढीमा विरोध सभा सञ्चालन गर्ने कार्यक्रम रहेको जारी विज्ञिप्तिमा उल्लेख छ ।

त्यसैगरी माघ २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते देशव्यापी मसाल जुलुस, २८ गते विरोध प्रदर्शन तथा सभा लगायतका कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया