शुक्रबार, वैशाख ७, २०८१

शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त नेपाली पक्राउ

नेपालखोज २०७७ माघ १२ गते १५:१८


काकठमाडौं । महानगरीय अपराध महाशाखा मिनभवनले शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।


महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रशाद कोईरालाका अनुसार प्रहरीले सिन्धुुपाल्चोकको जुुगल गाउँपालिका ४ गुन्टे स्थायी घर भएका २४ वर्षीय कैलाश भन्ने रोहन नेपालीलाई पक्राउ गरेको हो ।


प्रवक्ता कोईरालाका अनुसार अभियुक्त नेपालीले बिसं २०७७ असोज १५ गते अन्दाजी बेलुका अन्दाजी ७ बजेको समयमा उमा नाम परिवर्तितलाई घर पुर्याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएका थिए ।


सो क्रमममा ती युुवतीलाई कैलाश नेपालीले घरतर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ स्थित मान्जे भन्ने ठाँउमा लगेर अन्य प्रतिवादीहरूसँग मिलेर युवतीलाई जबरजस्ती करणी गरी उनले लगाएको गरगहना समेत लुटपाट एवं डाँका समेत गरेको प्रहरीले बताएको छ ।


उनीहरु घटना पश्चात फरार भएका थिए । यसरी फरार भएका नेपालीलाई महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरेको छ ।


हाल अभियुक्त नेपालीलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको प्रवक्ता कोईरालाले जानकारी दिएका छन् ।


बाँकी अभियुक्तको पुष्टि नेपालीलाई सोधपुछ गरेपछि हुने पनि कोइरालाले बताएका छन् ।

प्रतिक्रिया