शुक्रबार, वैशाख १४, २०८१

हेभि सवारी चालक उन्नत तालिम समापन

नेपालखोज २०७७ माघ १२ गते १५:४७

काठमाडौं । हेभि सवारी चालक उन्नत तालिम समापन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२ औं समूहको हेभि सवारी चालक उन्नत तालिम समापन भएका हो ।

उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई। नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले तालिमबाट सिकेका ज्ञान, सिपलाई प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताए । साथै कोरोनाको महामारीमा समेत चालकले आफ्नो दायित्व पूरा गरेको चर्चा गर्दै सवारी साधनमा भएका प्रविधिमा समयानुकूल अपडेट हुनुपर्नेमा जोड दिए ।

जम्मा १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया