शुक्रबार, वैशाख ७, २०८१

बहुविवाह र सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ माघ १२ गते १६:०९

झापा । बहुबिवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका ११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका १ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् ।

बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुबिवाह मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्धामा १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।

प्रतिक्रिया