बुधबार, वैशाख १२, २०८१

यी ३३ टिप्स जसले तपाईंलाई निरोगी बनाउँछ

नेपालखोज २०७७ माघ १२ गते १६:१८

काठमाडौं । निरोगी जीवन मानिसको सबैभन्दा ठूलो उपलब्धि हो । खानपान, शारीरिक व्यायाम, प्रशस्त निद्रा, बेला–बेलामा मनोरञ्जन जस्ता पक्षले मानिसको जीवनलाई निरोगी राख्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

यसको साथसाथै प्रशस्त मात्रामा पानी पिउन तथा नियमित स्वास्थ्य परीक्षण मानिसलाई निरोगी जीवनका लागि आवश्यक मानिन्छ ।

निरोगी बन्नका लागि अपनाउनुपर्ने विभिन्न ३३ टिप्सहरु निम्नानुसार छन् ।
– दैनिक ८ गिलास पानी पिउने
– दैनिक रूपमा सागसब्जी खाने
– खानामा सलाद समावेश गर्ने
– टुसा उम्रेका अनाज खाने
– बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
– मौसमअनुसारका फलफूल खाने
– चिसो पेयपदार्थ नपिउने
– चिया(कफी धेरै नपिउने
– रेसायुक्त तरकारी खाने
– नुन कम खाने बढी गुलियो नखाने
– तारेको र डढेको नखाने
– तरकारीको बोक्रा नफाल्ने
– भुटेको भटमास, मकै, चना खाने
– रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
– खाना खानेबित्तिकै नसुत्ने
– चाँडै सुत्ने र चाँडै उठ्ने
– ८ घण्टा मस्त सुत्ने
– रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
– बिहान कम्तिमा ३० मिनेट हिड्ने,
– व्यायाम गर्ने तनावमा काम नगर्ने
– सुखरदुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
– प्रार्थना, पुजापाठ गर्ने
– जंकफुड, फास्टफुड सेवन नगर्ने
– बेलाबेलामा मनोरञ्जन गर्ने
– हरेक कुरामा चित्त बुझाउने
– धेरै नमोटाउने
–६र६ महिनामा शरीर चेकअप गराउने
–३र३ महिनामा ब्लडप्रेसर जाँच्ने
– शाकाहारी खानपान शैली अपनाउने
– दिनहुँ एकपटक मजाले हाँस्ने
–आफूलाई कमजोर नसम्झने
– सकारात्मक सोचाई राख्ने
– ध्यान गर्ने

प्रतिक्रिया