शनिबार, वैशाख ८, २०८१

प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सञ्चालनमा

नेपालखोज २०७७ माघ १२ गते १६:५४

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न सोमबारदेखि “प्रभु दाई”अनलाइन सेवा शुरु गरेको छ ।

सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाईन डिम्याट खाता सम्बन्धी सेवा (OnlineDemat Account), क्यापिटलको प्रोडक्ट तथा सेवाहरु (Product & Services) सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचना (News & Notice) को  जानकारीग्राहकहरुले सहज रुपमा पाउनुका साथै क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ ।

प्रभु क्यापिटलले ग्राहकहरुको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरुको सेवा समयमा नैं प्रदान गर्न समेत प्रतिवद्ध रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया