मंगलबार, वैशाख ११, २०८१

‘ओ माई लर्ड’मा रोमान्टिक मुडमा देखीईन वर्षा

नेपालखोज २०७७ माघ १२ गते १८:०६

काठमाडौं । नवगायक आकाश मगरले आफ्नो डेब्यु गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा उनलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छिन् । अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै यो गीतलाई संगीतवद्ध गरेका हुन् । प्रेमिल शैलीको यो गीतलाई गायक मगर र दिपक पाठकले मिलेर लेखेका हुन् । गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन् । रुपेश थापाले छायांकन गरेको यो भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन् । जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

भिडियो लिंक

प्रतिक्रिया