बिहीबार, चैत १५, २०८०

अम्बिका शर्मा दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्ष र विश्व ज्योतिष महासंघको केन्द्रीय सदस्यमा चयन

नेपालखोज २०७७ माघ १२ गते १९:४९

काठमाडौं । दक्षिण एसियाली ज्योतिषी महासंघले अन्तर्राष्ट्रिय विभागको उपाध्यक्षमा अम्बिका शर्मालाई मनोनयन गरेको छ । उपाध्यक्षमा मनोनयन भएकी शर्मा लामो समयदेखि महासंघमा आवद्ध छन् ।

त्यस्तै, विश्व ज्योतिष महासंघको कार्य समितिको बैठकले रिक्त रहेको विश्व ज्योतिष महासंघको केन्द्रीय समिति सदस्यमा पनि ज्यो. अम्विका शर्मालाई चयन गरेको छ ।

विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा. लोकराज पौडेलले शर्मालगायत ज्यो. हितराज श्रेष्ठ, दयाबहादुर कक्षपति श्रेष्ठ, आचार्य जयराम अधिकारी तथा ज्यो. प्रदीप शर्मालाई पनि केन्द्रीय सदस्यमा चयन गरेको विश्व ज्योतिष महासंघका महासचिव उदय नारायण भट्टराईले जनाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय उधोग तथा व्यापार विभागकी सदस्य एवं नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्विका शर्मा सामाजिक तथा धार्मिक क्षेत्रमा निकै क्रियाशील छन् ।

प्रतिक्रिया