शनिबार, वैशाख ८, २०८१

श्रीलंकामा भारतीय र रूसी खोपलाई अनुमति

नेपालखोज २०७७ माघ १२ गते २१:२०

श्रीलंका सरकारले रूसमा विकास गरिएको स्पुतनिक-भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिएको छ । श्रील‌ंकाको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण ९एनएमआरए०ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक-भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिए । “सवै कुरा यथावत रहेमा कोरोनाविरुद्धको खोप झण्डै दुई हप्तामा दिन सकिने सम्भावना रहेको छ, अझ त्यो भन्दा चाडो पनि हुनसक्छ,” जयसिंघेले भने ।

श्रीलंकाका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलंका आइपुग्‍ने विश्‍वास व्यक्त गरे । श्रीलंकाले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लगाउनका लागि सबैभन्दा पहिला अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि क्रमशः लगाउनेहरूको प्राथमिकता क्रम पनि निर्धारण गरिएको छ । श्रीलङ्कामा अरु देशको तुलनामा धेरै पछाडि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएको हो ।

प्रतिक्रिया