बिहीबार, वैशाख १३, २०८१

२४ घण्टामा ३३९ जनामा कोरोना पुष्टि, १० को मृत्यु

नेपालखोज २०७७ माघ १२ गते २१:२५

काठमाडौं । सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६९ हजार ७ सय ८९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ४० छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४८ हजार १ सय १३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ३२ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

प्रतिक्रिया