शनिबार, माघ ५, २०८१

संसद् विघटनविरुद्धका मुद्दामा आज पनि सुनुवाइ, शम्भु थापाले सुरु गरे बहस

नेपालखोज २०७७ माघ १३ गते १२:४४

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलबार पनि सुरु भएको छ । मंगलबार पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन् । उनले सोमबार दिउँसोबाटै बहस गरिरहेका छन् ।

Advertisement

सोमबार उनको बहस नसकिएपछि मंगलबार पनि निरन्तरता दिएका हुन् ।

बहसको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ । विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन् । तर यी सबैले बहस भने गर्नेछैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो । साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो ।

सो निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया