मंगलबार, जेठ १, २०८१

कोटेश्वसरको गेष्ट हाउसमा एक व्यक्ति मृत फेला

नेपालखोज २०७७ माघ १३ गते १३:४२

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वसरस्थित काठमाडौं गेष्ट हाउसमा कामगर्ने एक व्यक्ति मृत फेला परेका छन् । मोरङ विराटनगर स्थायी घर भएका ६५ वर्षीय सुरेश साह सोही गेष्ट हाउसमा सुतिराखेको अवस्थामा सोमबार मृत फेला परेका हुन्् । यसैगरी काठमाडौ महानगरपालिका १६ बाईपास नजिक घरमा हाल नाम, थर, वतन नखुलेको करिब ४६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर महानगरपालिको २२ बुंगमतिस्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया