अर्थमन्त्रीको आग्रह : निर्वाचनमा सहयोगी भूमिका निभाउनुहोस्
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा सहयोगी भूमिका निभाउन आम नागरिकलाई आग्रह गरेका छन् । मंगलबार भन्सार दिवसका अवसरमा मन्त्री पौडेलले विशेष परिस्थितिले मध्यावधी निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसमा सघाउन आग्रह गरेका हुन् ।
निजी क्षेत्रलाई भने यसक्रममा सहयोग गर्न विशेष आग्रह गरे । कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी शाक्य र नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाललाई यस्तो आग्रह गरेका हुन् ।
पौडेलले भने, ‘विशेष परिस्थितिले मध्यावधी निर्वाचन गर्नुपर्ने अवस्था आएको छ । यो परिवेशमा वातावरणलाई अनुकुल बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबै क्षेत्रका महानुभावलाई आग्रह गर्न चाहन्छु र निजी क्षेत्रलाई यसमा विशेष आग्रह गर्छु ।’
पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध नगर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया