मंगलबार, वैशाख ११, २०८१

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि न्यायालयको अपहेलना मुद्दा दायर

नेपालखोज २०७७ माघ १३ गते १६:१५

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध न्यायालयको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

गत हप्ता सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढुंगानाले बोलेका कुरालाई लिएर अपहेलना मुद्दा दायर भएको हो ।

एक अन्तरक्रिया कार्यक्रममा दमनले प्रतिनिधिसभा विघटनका बारेमा बहस गर्दा संवैधानिक र राजनीतिक दुवै पक्षबाट हेर्नुपर्ने भन्दै संविधानअनुसार फैसला गर्नुपर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्ने बताएकाका कारण उनलाई अदालतको अवहेलना सम्बन्धी मुद्दा लागेको हो ।

उनले गत हप्ताको सोमबार न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन्, उनीहरुको पनि पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ । हामीले संसारमा देखेका छौं, फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको थियो भन्ने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति का कारण न्यायालयको अपहेलना भएको भन्दै अधिवक्ता राजाराम घिमिरेले आज मंगलबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया