बिहीबार, माघ १०, २०८१

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपालखोज २०७७ माघ १३ गते १६:४१

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । आज थप ६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यस्तै विगत २४ घन्टामा ३ सय ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज ३ सय ३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २ सय ८५ जना डिस्चार्ज भई घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या लाख २ हजार ६४ सय ८ जना २३ पुगेको छ ।

हाल देशभर ३ हजार २ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २० लाख ५२ हजार ६ सय ८७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १२२ रहेको छ ।

प्रतिक्रिया