शुक्रबार, वैशाख १४, २०८१

महिला लिगमा एपीएफको लगातार तेस्रो जित

नेपालखोज २०७७ माघ १३ गते १८:४२

काठमाडौं । राष्ट्रिय महिला लिगमा एपीएफले लगातार तेस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएर एपीएफले तेस्रो जित निकालेको हो ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफकी अन्जलीकुमारी योञ्जन र सरु लिम्बुले एकरएक गोल गरिन् । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

जितसँगै एपीएफ तीन खेलमा नौ अङ्क जोड्दै शीर्ष स्थानमा छ । आर्मी तीन खेलमा चार अङ्कसहित तेस्रो स्थानमा छ । त्यस्तै मङ्गलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगपालिकाले बराबरी खेलेका छन् ।

प्रतिक्रिया