शुक्रबार, वैशाख १२, २०८२

आजको मौसमः तराईमा बाक्लो हुस्सु

नेपालखोज २०७७ माघ १४ गते ८:०१

काठमाडाैं । आज काठमाडौंमा चिसो बढेको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

तराई भेगमा आज पनि बाक्लो हुस्सु लागेको छ । बुधबार देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो देशका प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राति प्रदेश न.१, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहनेछ । त्यस्तै प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागकाका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया