प्रभु बैंकको ६ महिनाको खुद नाफा एक अर्ब ५१ करोड
काठमाडौं । प्रभुु बैंकले चालुु आर्थिक वर्षको छ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब आठ करोड ५७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६२ अर्ब दुुई करोड ४८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब पाँच करोड ७४ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा भने ९९ करोड ९८ लाख पाँच हजार रुपैयाँ रहेको छ । सो अवधिमा दुई दशमलव छ प्रतिशत कर्जा निष्क्रिय रहेको बैकको स्प्रेड दर भने तीन दशमलव ६४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७७ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ४५ करोड ७१ लाख ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८३ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया