शुक्रबार, चैत १६, २०८०

१८ अंकले बढ्दा आठ अर्बको सेयर कारोवार

नेपालखोज २०७७ माघ १४ गते १५:३१

काठमाडौं । अघिल्लो दिन १७ दशमलव ७९ अंकले घटेको नेप्से साताको चौथो कारोवार दिन आज बुुधबार भने बढेको छ । नेप्से आज १८ दसमलव ७६ अंकले बढेर २४ सय ४१ दसमलव ८५ अंकमा पुुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ८६ अंकले घटेर चार सय ४६ दसमलव ३८ अंकमा पुुगेको छ ।

दुुई सय आट वटा कम्पनीहरुको ५९ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ५२ लाख ८९ हजार दुुर्ई सय ५९ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम आठ अर्ब ६२ लाख ३८ हजार सात सय ७० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेका छन । सो मध्ये बाणिज्य बैंक समुहको सुचक १० दसमलव १२ अंकले घटेर १७ सय ५२ दसमलव ७१ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन ।

निर्जिवन बीमा समुहको सुचक भने आज चार सय ६४ दसमलव ६८ अंकले बढेर १२ हजार एक सय ५१ दसमलव ७८ अंकमा चढेकोमा जीवन बीमा, लघुुबित्त, टे«डिङ र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर २४ सय ११ रुपैयाँमा कारोवार हुुंदा पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने सात दसमलव पाँच प्रतिसतले घटेर दुुई सय ७७ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २४ सय ११ रुपैयाँ अन्तिम मुल्यमा ९३ करोड २९ लाख ४१ हजार सात सय तीन रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया