शुक्रबार, माघ ११, २०८१

नक्कली भ्याट बिल प्रयोगविरुद्ध राजश्व अनुसन्धान आक्रामक

राजश्व छल्ने १७ जनाविरुद्ध १ अर्ब ४ करोड बिगोसहित मुद्दा

नेपालखोज २०७७ माघ १४ गते १८:२५

ललितपुर । नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छल्ने १७ जनाविरुद्ध १ अर्ब ४ करोड रुपैयाँ बिगोसहित मुुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकका अनुसार झुट्टा तथा नक्कली मुल्य अभिबृद्धि कर (भ्याट) विजक प्रयोग गरी १० वटै फर्महरुको बैक खाता संचालन गर्ने सर्लाही गोडैता नगरपालिका–८ वस्ने सरोजकुमार मिश्र मुख्य अभियुक्तसहित १० जना तथा मतियार ७ जना समेतबाट १ अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैंयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई यही माघ १२ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

Advertisement

विभागका अनुसार प्रोकरस इन्टरनेशनल, आर.के.एस. इन्टरनेशनल प्रा.लि, अनन्या इन्टरनेशनल, इन्टरसिटी इन्टरनेशनल, ब्लु क्रस ट्रेडर्स, जेन सप्लायर्स, राज एण्ड किशोर इन्टरनेशनल र स्वीफ्ट ईन्टरनेशनल नामक फर्म र प्रा.लि.हरुको खाता संचालक, मुख्य कारोबारी तथा एस.के.एम. एक्टिभ ट्रेडिङ प्रा.लि. संचालक तथा झुट्टा तथा नक्कली बिजकका मुख्य कारोबारी, सवै फर्महरुका बैक खाता संचालक प्रतिवादी सरोज कुमार मिश्र समेतले कर विजकको कारोबार गर्ने प्रतिवादीहरु संजय भन्ने जय किशोर शाह र परमेश्वर शाह समेतको नाउँमा मुद्धा दायर गरिएको हो ।

उनीहरुले मिलेमतोमा विभिन्न फर्महरु खडा गरि वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ.कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको, प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी देहाय बमोजिम राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ १) बमोजिम कूल जम्मा बिगो १ अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैंयाँ मात्र कायम गरिएको विभागले जानकारी दिएको छ ।

झुठा, भ्रमपुर्ण तथा नक्कली कर विजकको कारोवारमा संलग्न मुख्य प्रतिवादीहरु, प्रतिवादी संलग्नता भएका फर्म/प्रा.लि.हरु, विगो रकम तथा विगो वमोजिमको माग दावी लिएको विवरण हेर्नका लागि यहाँ क्लीक गर्नुहाेस्

प्रतिक्रिया