बुधबार, वैशाख १२, २०८१

आगलागी घटनाप्रति प्रदेश प्रमुख कलौनीद्वारा दुःख व्यक्त

नेपालखोज २०७७ माघ १४ गते २१:१४

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख कलौँनीले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबार साँझपख भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घर, पशुचौपाया, अन्नपात नष्ट भएको घटनाले आफूलाई निकै दुखित तुल्याएको बताए।

विज्ञप्तिमा उनले भने, “यस दुःखद् घडीमा अग्निपीडित नागरिकप्रति गहिरो सहानुभूति प्रकट गर्दै पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।” घटनास्थलमा पीडितलाई तत्काल राहत एवं पुनःस्थापनको आवश्यक व्यवस्था मिलाउन उनले सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा यहाँका गैर सरकारी संस्थाको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया