मंगलबार, जेठ १, २०८१

मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु

नेपालखोज २०७७ माघ १५ गते १०:१०


काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिका– ९ मा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।

मृतक सोही वडाका ३५वर्षीय इलिहास मंसुरी हुन् ।

बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका मंसुरीलाई उपचारको लागि विराट नर्सिङहोम विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

प्रहरीले यस घटना उपर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया