सुनको मूल्य १ सय र चाँदी ५ रुपैंयाले घट्यो
नेपालखोज
२०७७ माघ १५ गते १२:०९
काठमाडौं । आज सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँ कायम भएको छ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको हो।
नेपाली बजारमा बुधबार छापावाल सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।
साथै आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको छ।
बुधबार १२ सय ५० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबारका लागि १२ सय ४५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया