शुक्रबार, वैशाख १४, २०८१

मिथोको दोहोरो ह्याट्रिकमा वालिङको पहिलो जित

नेपालखोज २०७७ माघ १५ गते १५:१६

काठमाडौं । मिथो रुथको दोहोरो ह्याट्रिकमा स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० ले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । यस्तै, सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एकरएक गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको वालिङले दोस्रो हाफमा ६ गोल गरेको थियो । दोहोरो ह्याट्रिक गरेकी मिथो ‘प्लेअर अफ दी म्याच’ चुनिइन् । जितसँगै वालिङले तीन खेलबाट ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया