नङ पालेर देशको नाम राख्ने अनौठो चाहना
नेपालखोज
२०७७ माघ १५ गते १६:५७
जनकपुरधाम । लामा नङ पालेर विश्वमै देशको नाम उच्च पार्न चाहन्छन् दिनेशसिंह यादव ।
जसका लागि जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका यादवले विगत १० वर्षदेखि नङ पाल्न थालेका हुन् । उनको औँलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ ।
विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङबारे प्रचारप्रसार गर्दा केही यूएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।
लामा नङ पालेर विश्वमै देशको नाम उच्च पार्ने धोको छ भनी यादब बताउँछन् ।
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादवले विदेशी नागरिकले नङ संरक्षण र प्रबर्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया