आइतबार, वैशाख ७, २०८२

नेपालमा २४ घण्टामा कोरोनाबाट मृत्यु शून्य

नेपालखोज २०७७ माघ १५ गते १८:२५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबारको यो तथ्यांक कोरोना संक्रमण दर उच्च भएयताकै शून्य हो । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको थियो ।

गएको २४ घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएकोमा २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

त्यस्तै आज देशभरबाट २९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । हाल क्वारेन्टिनमा ११३ जना छन् भने आइसोलेसनमा तीन हजार २०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया