आइतबार, जेठ ६, २०८१

दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा

नेपालखोज २०७७ माघ १६ गते ९:४३

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ ।

शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका छन् ।

यसैबीच शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज सुन्दर खालीबाट ¥यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ । जहानियाँ राणा शासनको विरुद्ध लागेको भन्दै तत्कालीन शासकले दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया